|
The Local Self Governance Act, 1999 and the
Local Self-Governance Rules, 1999, together with the Local
Infrastructure Development Policy 2004 devolves
responsibilities for planning, implementing, operating,
repairing and maintaining local infrastructure development
programs, previously operated by central agencies, to the
local bodies with the making them more active, people-oriented
and accountable under the local self-governance. In order to
facilitate decentralization and avoid confusions and conflicts
in a multi-donor, multi-stakeholders scenario, it became
imperative to outline a national strategy for trail bridge
construction. The Trail Bridge Strategy, 2006 seeks to bring
uniformity not only in technologies, standards, norms and
specifications of bridge but also to ensure that all bridge
builders follow a similar planning and implementation
approach.
DOWNLOAD TRAIL BRIDGE STRATEGY
नेपाल सरकार
स्थानीय
विकास मन्त्रालय
श्रीमहल, पुल्चोक, ललितपुर
झोलुङ्गे पुल रणनीति,
२०६२
पृष्ठभूमि
नेपालमा झोलुङ्गे पुल निर्माणको परम्परा
धेरै पुरानो रहेको छ । शताब्दियौं देखि समुदायहरु पैदल मार्गमा
पर्ने घाट तथा जंघारहरुमा झोलुङ्गे पुलको निर्माण कार्यमा संलग्न
रहदै आएका छन् । बीसौं शताब्दीको प्रारम्भतिर सरकारी तवरबाट
मुख्य व्यापारिक मार्गका मह्त्पूर्ण स्थानहरुमा झोलुङ्गे पुल
निर्माण गर्ने क्रम शुरु भयो । व्यवस्थित तथा योजनाबद्ध ढंगले
झोलुङ्गे पुल निर्माणको थालनी भने बि.स. २०२१ देखि मात्र भयो ।
प्रारम्भमा मुख्य पैदल मार्ग तथा रणनीतिक महत्वका घाट तथा
जंघारहरुमा मात्र पुल निर्माण गर्ने तर्फध्यान केन्द्रित रहयो ।
तर स्थानीय पैदल मार्गमा पनि झोलुङ्गे पुल निर्माणको माग अत्यधिक
रहेको कारण ती मार्गमा झोलुङ्गे पुल निर्माण गर्ने बैकल्पिक
प्रविधि एवं कार्यान्वयन पद्धतिको विकास भयो ।
बि.स. २०६१ आषाढ सम्ममा नेपालमा तीन हजार भन्दा बढी झोलुङ्गे
पुलहरुको निर्माण सम्पन्न भई सकेको छ । नदी र खोलाहरुको संख्या
अत्यधिक भएकोले अझै पनि प्रसस्त झोलुङ्गे पुलहरुको निर्माण गर्नु
पर्ने आवश्यकता देखिन्छ । आवधिक योजनाहरुमा झोलुङ्गे पुल निर्माण
कार्यलाई प्राथमिकता दिईदै आएको छ ।
स्थानीय स्वायत्त शासन ऐन, २०५५ र नियमावली २०५६ मा स्थानीय
निकायहरुलाई स्व-शासनको माध्यमबाट स्थानीय पूर्वधारहरुको विकासका
लागि योजना तर्जुमा, कार्यान्वयन, संचालन तथा मर्मत सम्भारको
जिम्मेवारी हस्तान्तरण गर्ने प्रावधान रहेको छ । स्थानीय
निकायहरुको अधिकार क्षेत्र, श्रोत एवं साधनको व्यवस्था र
परिचालनमा हुने व्यापकताले यी निकायहरुको देश विकासमा मह्त्पूर्ण
योगदान हुने निश्चित छ । स्थानीय स्व-शासन प्रणाली अर्न्तर्गत
स्थानीय निकायहरुलाई बढी क्रियाशील, जनमुखी र उत्तरदायी बनाउने
उद्देश्य अनुरुप केन्द्रीय निकायहरुबाट संचालित कार्यक्रमहरुको
अधिकार निक्षेपण गरी स्थानीय निकायहरुलाई पूर्वधार विकास सम्बन्धी
कार्यक्रमहरुको तर्जुमा, कार्यान्वयन, संचालन तथा मर्मत सम्भारको
जिम्मेवारी हस्तान्तरण गर्न स्थानीय पूर्वधार विकास नीति, २०६१
कार्यान्वयन गरिएको छ ।
सरकारका केन्द्रीय निकायहरु, स्थानीय निकायहरु, दातृ संस्थाहरुका
साथै अन्य संघ संस्थाहरु झोलुङ्गे पुल निर्माण कार्यमा सक्रिय
रहेका छन् । झोलुङ्गे पुलसंग सम्बद्ध विभिन्न संस्थाहरुले अपनाउने
प्रविधि, स्टेर्न्र्डड, नर्म्स तथा स्पेसिफिकेशनमा एकरुपता
ल्याउन तथा समान कार्यान्वयन प्रकृया अबलम्बन गराउन आवश्यक
देखिएकोले यो झोलुङ्गे पुल रणनीति, २०६२ स्वीकृत गरी लागु गरिएको
छ ।
झोलुङ्गे पुल रणनीति, २०६२ सम्पूर्ण पाठ डाउन्लोड गर्न यहाँ
क्लिक गर्नु होस् ।
|